सरकार र सहकारी ठगीमा मुछिएका गृहमन्त्रीका कारण संसद अबरुद्ध, कांग्रेसद्वारा नाराबाजी

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको दुई वटा बैठकमा कांग्रेसले संसदीय छानविन समितिको माग गरेको हो । कांग्रेसको मागलाई सरकारले बेवास्ता गरेपछि बाध्य भएर संसद अबरुद्ध गर्नु परेको कांग्रेसका सांसद गगनकुमार थापाले बताएका छन् ।

पहिलो बैठकलाई कांग्रेसले नाराबाजी र रोष्टम घेराउ गरेपछि १५ मिनटका लागि स्थगित भएको थियो ।

दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री लामिछानेलाई बोल्न रोष्टम दिएपछि कांग्रेसले नारावाजी गर्दै अबरोध गरेको छ ।

कांग्रेसको अबरोधपछि सभामुख घिमिरेले जेठ १ गते बेलुका ६ बजे बस्ने गरेर संसदको बैठक स्थगित गरेका छन् ।

एमालेबाट सभामुख बनेका घिमिरेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई बल मिच्याइँ गरेर सदन चलाउन खोजेका छन् ।

कांग्रेसले घिमिरेको बल मिच्याइँको जबरजस्त रुपमा प्रतिवाद गरेको छ ।

Published : Friday, 2024 May 10, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया