सहकारी ठग भन्दै कांग्रेसद्वारा संसदमा अबरोध, घिमिरे पेल्न खोजेपछि गगनले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गरेर प्रतिनिधिसभाको बैठक अबरुद्ध गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सभामुख देवराज घिमिरेले पेलेरै लैजान खोजेपछि कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिएर अबरोध गरेका थिए । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन तथा ठगी काण्डमा मुछिएपछि संसदीय छानविन समितिको माग राखेर सदन अवरुद्ध गरेको छ ।
सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको मागलाई बेवास्ता गरेर जबरजस्ती संसदको बैठक चलाउन खोजेपछि कांग्रेसले सदन अबरोध गरेको जनाएको छ ।
एमालेबाट सभामुख बनेका घिमिरेले संसदको बैठकमा कांग्रेसलाई दमन गरेर चलाउन खोजेका छन् । घिमिरेले कांग्रेसले आकस्मिक समय माग गरेपछि ३ मिनट मात्रै दिएका थिए ।
कांग्रेसका सांसद गगनकुमार थापाले निगाहले दिएको समयमा आफू नबोल्ने भन्दै आपत्ति जनाएका थिए । उनले प्रमुख प्रतिपक्ष दलले समय माग गर्दा निगाहले समय दिएको भन्दै आक्रोश पोखेका छन् ।
बैठकमा कांग्रेसका सांसदहरूले सहकारी ठगलाई कारबाही गर भनेर नाराबाजी लगाएका छन् । कांग्रेसले सहकारी ठग भनेर नाराबाजी लगाएपछि गृहमन्त्री लामिछाने कालोनिलो बनेका थिए ।
कांग्रेसले अबरोध गरेपछि एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी ओली बैठकबाट बाहिरिएका थिए ।
सभामुख घिमिरेले संसदको नियमित कामकारबाही अगाडि बढाउन खोजेपछि कांग्रेसका सांसदहरू रोष्टमको अगाडि पुगेर नारावाजी गरेका छन् । त्यसपछि सभामुख घिमिरेले संसदको बैठक १५ मिनटका लागि स्थगित गरेका छन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया