सभापति देउवासँग प्रधानमन्त्री दाहालको अचानक भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो । दाहालसँगको भेटका लागि देउवा प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर बालुवाटार गएका थिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समिति बनाउन माग गरेर संसद अबरोध गर्दै आएको छ ।
संसद खुलाउनका लागि प्रधानमन्त्री दाहालले सभापति देउवासँग आग्रह गरेको बुझिएको छ । सभापति देउवाले संसदीय छानविन समिति बनाउनेवित्तिकै संसदको अबरोध खुल्ने सन्देश सुनाएका छन् ।
गृहमन्त्री लामिछानेलाई सहकारीको करोडौं रकम ठगी काण्डमा बचाउन एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री दाहालले निकै ठूलो प्रयास गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया