कम्युनिस्टहरू निर्मम र निरंकुश हुन्छन् भन्ने पुष्टि, सरकार बचाउन ओली–दाहालले जसपा फुटाइदिए

काठमाडौं । सरकार बचाउन एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई फुटाइदिएका छन् ।

अध्यक्ष यादवले सरकार ढल्न लागेको भनेर जसपा नेपाललाई फुटाइदिनु कम्युनिस्टहरू भनेका निरंकुश र निर्मम हुन्छन् भन्ने कुराको पुष्टि भएको छ ।

ओली र दाहालले जसपा नेपाललाई फुटाएर यादवलाई तहस नहस बनाइदिएपछि ठूलो आशंका उब्जिएको छ ।

यसअघि प्रधानमन्त्री दाहालले बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई विभाजन गरिदिएका छन् ।

बाबुरामका सांसद महिन्द्र राय यादव प्रधानमन्त्री दाहाललाई समर्थन गरेका छन् । बाबुरामले चितवनबाट दाहाललाई गोरखा लगेर चुनाव जिताएर ल्याएका थिए । चुनाव जिताएको गुन दाहालले बाबुरामको पार्टी फुटाइदिएर बदला लिएका छन् ।

सरकारप्रति असहमित राख्नु वा सरकारमा बस्नु लोकतान्त्रिक र संसदीय पद्धति हो । सरकार बचाउन पार्टी नै विभाजन गर्ने ओली दाहालको हर्कत उचित होइन । सरकार बचाउने बहाना वा नाममा पार्टी नै फुटाउने गतिविधि निकै घातक छ ।

ओली र दाहालले माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी)लाई पनि फुटाउने तयारी गरेका थिए ।

तत्कालको लागि नेकपा (एकीकृत समाजवादी) फुटबाच बचेको छ । सरकार छाड्छु वा अर्को गठबन्धन बनाउछु भन्ने हो भने नेकपा (एकीकृत समाजवादी) विभाजन गर्ने तयारी ओली–दाहालको छ ।

भोलिका दिनमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय ग¥यो भने रास्वपा पनि विभाजन हुने सम्भावना देखिएको छ ।

ओली–दाहालको सरकारलाई समर्थन गरेका वा सरकारमा सहभागी दलहरूमाथि जति बेला पनि खतराको घण्टी बजीरहेको छ । नागरिक उन्मुक्ति पार्टीलाई पनि ओली–दाहालले फुटाउने अन्तिम चरणमा पु¥याएका छन् । कुनै पनि बेला नागरिक उन्मुक्ति पार्टी विभाजन हुने सम्भावना छ ।

ओलीले नेपाली कांग्रेसलाई फुटाउने ठूलो प्रयास गरेका थिए । नेपाली कांग्रेसलाई विभाजन गरेर आए प्रधानमन्त्री बनाइदिन भनेर ओलीले नेता शेखर कोइरालालाई प्रस्ताव पनि गरिसकेका छन् । कांग्रेस विभाजन हुने सम्भावना छैन ।

बेलाबेला पार्टी विभाजनको पीडा खेप्दै आएका जसपा नेपालका अध्यक्ष यादवलाई ओली र दाहालले ठूलो घाउ दिएका छन् । यो घाउ पुरिन समय लाग्न सक्छ ।

ओली र दाहालको स्वार्थमा यादवलाई क्षति पुगेको छ । कम्युनिस्टहरू लोकतान्त्रिक हुँदैनन् भन्ने कुरा पुष्टि भएको छ ।

Published : Tuesday, 2024 May 7, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया