ओली र प्रचण्डप्रति लक्षित गरेर उपेन्द्र यादव बालुवाटारमा बम्किए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहालसँग यादवले भेट गरेका हुन् । दाहाल र यादवका बीच जसपा नेपाल विभागका विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले आफ्नो पार्टीलाई फुटाउन सरकारका प्रमुख दुई ठूला राजनीतिक दलले भूमिका खेलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष यादवले एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री दाहालप्रति लक्षित गरेर जसपा नेपाललाई फुटाएर के गर्न खोजेको हो भनेर कुटनैतिक रुपमा प्रश्न उठाएको उच्च स्रोतले जनाएको छ ।

अध्यक्ष यादवको असन्तुष्टिपछि प्रधानमन्त्री दाहालले जसपा नेपाल विभाजन हुनुमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

अध्यक्ष यादवले पार्टी विभाजनपछि अवस्थाका बारेमा गम्भीर रुपमा समीक्षा गरेर सुक्ष्मरुपले कदम चाल्ने तयारी गरेका छन् ।

Published : Tuesday, 2024 May 7, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया