श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला होटलमा कल्पनाको शव, परपुरुष पक्राउ

(फाइल तस्बिर)

काठमाडौं । श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला ३१ वर्षीया कल्पना भण्डारी (फाइल तस्बिर)को मृत अवस्थामा गोंगबुको होटलमा फेला परेकी छिन् ।

मोरङको लेटाङ नगरपालिका–२ स्थायी घर भइ हाल काठमाडौंको महारागञ्ज, बाँसबारीमा बस्दै आएकी कल्पनाको शव शुक्रबार होटलमा भेटिएको प्रहरीले जनाएको छ ।

कल्पना काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । अनितलाई प्रहरीले पक्राउ गरेको छ । कल्पनाको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

कल्पनाको शव होटलमा झुण्डिएको अवस्थामा भेटिएको सूचना आउनेवित्तिकै प्रहरी सो स्थानमा खटिएको थियो । कल्पनाको शवलाई तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिए पनि चिकित्सकहरूले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।

कल्पनाको दायाँ आँखा सुन्निएको जस्तो देखिएको आफन्तले जनाएका छन् । शरीरका अन्य भागमा पनि झगडा हुँदा लागेको जस्तो चोट रहेको दाबी आफन्तको छ । (फाइल तस्बिर)

Published : Monday, 2024 May 6, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया