कांग्रेस गण्डकीमा एमाले–माओवादीविरुद्ध राजनीतिक र न्यायिक रूपमा लड्ने : पाण्डे

पोखरा । नेपाली कांग्रेस गण्डकीले एमालेका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानीक भएको जनाएको छ ।

आइतबार साँझ पोखरामा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत सर्वोच्च अदालतको व्याख्या विपरीत भएको बताए । पाण्डेले न्यायिक निरूपणको लागि आफूहरू फेरि न्यायालय जाने बताएका छन् ।

‘हामी दुई लडाइँ लड्ने छौँ । राजनीतिक रूपमा पनि हामी लड्नेछौँ । न्यायिक रूपमा पनि लड्छौँ’, उनले भने ।

‘आज उहाँहरूले बलजबरजस्ती शैलमा सत्ता कब्जा गर्ने, संसद् कब्जा गर्ने प्रयत्न गर्नुभयो त्यसको नेपाली कांग्रेस भर्त्सना गर्छ’, कांग्रेस नेता पाण्डेले भने । पाण्डले यस्ता गतिविधिले संविधान सिध्याउने खेल भएको बताएका छन् ।

विवादका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका छन् ।

६० सदस्सीय गण्डकी प्रदेशसभामा सरकार बनाउन वा विश्वासको मतका लागि न्यूनतम ३१ मत आवश्यक पर्छ । एमाले र माओवादी केन्द्रले कीर्ते गरेर संविधान विपरित ३० मतलाई नै विश्वासको मत पाएको भनेर घोषणा गरेका छन् ।

Published : Sunday, 2024 May 5, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया