लामिछानेले तत्कालीन गृहमन्त्रीले सरुवा गरेका वृत्तका डीएसपीहरू हटाउँदै, पुलिसहरू निरास

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा गरेका डीएसपीहरूलाई फिर्ता बोलाउन लागेका छन् ।

गृहमन्त्री लामिछानेले नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरलाई काठमाडौं उपत्यकाभित्रका प्रहरी वृत्तका डीएसपी इन्चार्ज रहेकाहरूलाई फिर्ता बालाउन आदेश दिएको उच्च स्रोतले जनाएको छ ।

लामिछानेले प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त स्वयम्भु, प्रहरी वृत्त सोह्रखुट्टेलाई लामिछानेले सबैभन्दा ठूलो निशाना बनाएका छन् ।

ती वृत्तहरूमा तत्कालीन गृहमन्त्री श्रेष्ठले डीएसपीहरूको सरुवा गरेका थिए ।

डीएसपीहरूको सरुवा गरेपछि गृहमन्त्री लामिछानेले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) ईन्चार्ज रहेका वृत्त, इलाका लगायतमा निशाना बनाउने तयारी गरेका छन् ।

तत्कालीन गृहमन्त्री श्रेष्ठले सेटिङमा आफू निकटका प्रहरीलाई इन्चार्ज बनाएर पठाएको अभियोग गृहमन्त्री लामिछानेले लगाएका छन् । यो अभियोग लगाउनुमा प्रमुख भूमिका आइजीपी कुँवरको रहेको छ । आइजीपी कुँवरले आफूलाई मन नपरेका प्रहरी ईन्चार्जहरूविरुद्ध गृहमन्त्री लामिछानेलाई कुरा लगाउने गरेको आरोप छ ।

यसअघि पनि गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले समय अवधि नपुगेका र दुई महिना मात्रै जिम्मेवारी सम्हालेका इन्चार्जहरूलाई सरुवा गरेका थिए ।

Published : Sunday, 2024 May 5, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया