सरकार ढल्छ कि भनेर प्रधानमन्त्री दाहाल चिन्तित, माधवबारे के छ बुझाइ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)को पछिल्लो गतिविधिबाट सशंकित र चिन्तित बनेका छन् ।

शनिबार सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टिप्रति चिन्ता जनाएका हुन् । उनले तत्काल गठबन्धन तलमाथि नहुने बताए ।

प्रधानमन्त्री दाहालले सरकारलाई तत्काल कुनै असर नपर्ने बताए पनि सरकार बलियो अवस्थामा छ भनेर ढुक्का साथ बोल्न नसकेको एक सांसदले बताएका छन् ।

अध्यक्ष नेपालका अभिव्यक्ति र नेकपा (एकीकृत समाजवादी)ले सरकारप्रति असन्तुष्टि जनाउँदै आएको छ । अध्यक्ष नेपालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीप्रति निकै आक्रामक आलोचना गरिरहेका छन् । ओलीले पनि अध्यक्ष नेपालमाथि कठोर टिप्पणीहरू गरिरहेका छन् ।

हरेक दलले प्रतिपक्षमा पुग्नासाथ गठबन्धन भत्काउन प्रयास गर्ने प्रधानमन्त्री दाहालले बताएका छन् ।

अहिले पनि गठबन्धन भत्काउन प्रयास भइरहेको दाहालले बताए । उनले भने, ‘अहिले तलमाथि हुने सम्भावना छैन ।’

Published : Saturday, 2024 May 4, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया