कांग्रेस नेताहरूद्वारा कालिन्चोक भगवतीको दर्शन
चरीकोट । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का र बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले दोलखामा कालिन्चोक भगवतीको दर्शन गरेका छन् ।
शुक्रबार बिहान उप–सभापति खड्का र सभापति बानियाँसहितका नेताहरूले कालिन्चोक भगवतीको दर्शन गरेर आशीर्वाद लिएका हुन् ।
भगवतीको दर्शनका लागि नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ पनि गएका थिए ।
दोलखाको चरीकोटमा नेपाली कांग्रेस बागमतीले प्रशिक्षण तथा भेला राखेको छ । प्रशिक्षणमा सहभागी हुन १२ जिल्लाका जनप्रतिनिधि तथा नेताहरू भेला भएका छन् । शुक्रबार प्रशिक्षणको उदघाटन हुनेछ ।
दुई दिनसम्म चल्ने प्रशिक्षण र भेलाबाट आउने निष्कर्षलाई कांग्रेसको संगठन निर्माणमा लागू गरिने बागमती कांग्रेसका सभापति बानियाँले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया