रुकुमकी सन्ध्या काठमाडौंबाट गिरफ्तार, म्याग्दीका उदिमको बबाल धन्दा

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दीको मंगला गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिमबहादुर पुन र रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने सन्ध्या लामा बुढा मगर रहेको विज्ञप्तिमा उल्लेख छ । उदिम र सन्ध्याले प्रलोभनमा पारेर वैदेशिक रोजगारीको नाममा ठगी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउमध्ये उदिमबहादुर पुनले युएसए पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रूपियाँ ठगी गरेका थिए ।

सन्ध्या लामाले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपियाँ ठगी गरेको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उदिमलाई ललितपुरको सातदोबाटो र सन्ध्यालाई काठमाडौंको मनमैजुबाट पक्राउ गरेको छ ।

उदिम र सन्ध्यालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2024 April 30, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया