सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री लामिछानेलाई १० हजार चुना लाग्यो

काठमाडौं । सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हर्कत र गतिविधि बुझेपछि मतदाताहरूले रास्वपालाई तिरस्कार गर्न लागेका छन् ।

रास्वपालाई जनताले तरस्कार गर्न लागेको छनक बारा जिल्लाको उपनिर्वाचनका बेला दिइकेका थिए । तैपनि रास्वापका नेता र सांसदहरू सुध्रिएका छन् कि भनेर चितवन र तनहुँ जिल्लामा मतदाताले जिताइदिए ।

रास्वपाका नेता र सांसदको पुरानो बानी, व्यवहारमा सुधार नभएको पाएपछि इलाम २ मा मतदाताले रास्वपाका उम्मेदवारको जमानत जफत गरिदिएका छन् ।

इलाम २ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएपछि सभापति समेत रहेका गृहमन्त्री लामिछाने र त्यो पार्टीका नेताहरूको औकात सतहमा आएको छ ।

नेकपा (माओवादी केन्द्र) त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् । जातीय राजनीति गर्दै आएका लिम्बुलाई रास्वपाले आफ्नो पार्टीमा भित्र्याएर टिकट दिएका थियो ।

सञ्चारमाध्यममा कार्यरत रहँदा जातीय संगठनमा रहेर महासचिव बनेका बेला लिम्बुले सम्प्रदायिक अभिव्यक्ति दिनुका साथै विवादास्पद गतिविधि गरेका थिए । त्यसको फल इलाम २ को चुनावमा लिम्बुले पाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको छ ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत जफत भएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरूले १० हजार रुपियाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपियाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ ।

प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ ।

निर्वाचनको प्रचार प्रसारका लागि सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री लामिछानेसहितको समूह सुरक्षाकर्मी र दलबलसहित निस्किएको थियो । सहकारी ठगी काण्डले रास्वपालाई झट्का दिएको छ ।

Published : Tuesday, 2024 April 30, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया