कांग्रेसको मागलाई सर्वोच्च अदालतद्वारा खारेज, एमालेको सरकारलाई फाइदा

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशमा एमालेका नेता समेत रहेका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध दायर रिटलाई खारेज गरेको छ ।

आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले नेपाली कांग्रेसका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट खारेज गरेको हो । यो आदेशसँग एमाले नेतृत्वको सरकारलाई गण्डकी प्रदेशमा सहज भएको छ ।

निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ । मुख्यमन्त्री अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ ।

यसअघि सर्वोच्चले यो रिटमाथि अन्तरिम आदेश दिँदै दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको थियो ।

Published : Monday, 2024 April 29, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया