बागलुङ र सुनसरीका दुई जना काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले सुनसरीको ईनरुवा नगरपालिका–३ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङको काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेललाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपियाँ ठगी गरेको अभियोग लागेको छ ।

विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपियाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2024 April 25, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया