एनआईसी एसिया बैंकले २० अर्ब रुपियाँ दुबई लग्यो : प्रसाइँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले एनआईसी एसिया बैंकले २० अर्ब रुपियाँ दुबई ल्याण्ड गराएको बताएका छन् ।

सोमबार राति पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छ’ टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा प्रसाइँले भने, ‘यो बाफिया भन्ने कानून आयो भने उद्योगी र बैंक छुट्टिनेवित्तिकै देशका सबै बैंक ढल्नेछन् ।’

उलने भने, ‘किन भने पैसा त सबै बाहिर गइसक्यो । एनआइसीएसिया बैंकको मालिक अनुज अग्रवाल र अशोक अग्रवालले त उहाँको हेडअफिसलाई दुबईमा सारिसके ।’

‘यिनीहरूले दुबईमा २० हजार करोड रुपियाँ लगानी गरेको छ’, प्रसाइँले भने, ‘२० खर्ब रुपियाँ । २० हजार करोड ल्याण्डिङ गराएको छ । त्यो पैसा फर्किएर आउँदैन ।’

मेडिकल व्यवसायी प्रसाइाले भने, ‘अब हाम्रो देश टाँट पल्टिसकेको छ ।’

एनआईसी एसिया बैंकले धेरैलाई दुःख दिएको समाचार र गुनासाहरू आइरहेका बेला मेडिकल व्यवसायी प्रसाइँले एनआईसी एसिया बैंकले २० अर्ब रुपियाँ दुबईमा लगेर राखेको आरोप लगाएका छन् ।

Published : Tuesday, 2024 April 23, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया