पूर्वपतिको अश्लील भिडियो लिक गर्ने अभिनेत्रीलाई आत्मसमर्पण गर्न आदेश

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले बलिउड अभिनेत्री राखी सावन्तलाई आत्मसमर्पण गर्न आदेश दिएको छ ।

अदालतले राखीले माग गरेको अग्रिम जमानतको निवेदन पनि खारेज गरेको छ । राखीलाई ४ हप्ताभित्र तल्लो अदालतमा आत्मसमर्पण गर्न अदालतले आदेश दिएको छ । यो आदेशपछि राखी अनुसन्धान अवधिभरि हिरासतमा बस्नुपर्नेछ ।

राखीमाथि पूर्वपति आदिल दुर्रानीको अश्लील भिडियो लिक गरेको आरोप लागेको छ । राखीले बम्बे हाइकोर्टको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिएकी थिइन् ।

यसअघि बम्बे हाईकोर्टले राखीको अग्रिम जमानतको निवेदन खारेज गरिदिएको थियो । पूर्वपति आदिलले राखीविरुद्ध अश्लील भिडियो सार्वजनिक गरेको भन्दै एफआइआर दर्ता गरेका छन् ।

अश्लील भिडियो प्रकरणमा राखी पक्राउ पर्ने सम्भावना छ । राखी र आदिल अलग बस्छन् । राखीका पूर्वपति आदिलले उपनगरीय अम्बोली प्रहरी थानामा सूचना प्रविधि ऐनको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गराएका छन् ।

राखीले आफूलाई बदनाम गर्न धेरै अनलाइन फोरमहरूमा दुवैको व्यक्तिगत भिडियो पोस्ट गरेको आदिलले आरोप लगाएका छन् ।

उत्पीडन गर्ने, दबाब दिने, झुटो र नक्कली मुद्दामा फसाउने उद्देश्यले आफूविरुद्ध एफआईआर दर्ता गरिएको राखीले आरोप लगाएकी छिन् । एफआईआर कानूनको प्रक्रियाको दुरुपयोग भएको र यसमा कुनै दम नभएको राखीले बताएकी छिन् । एजेन्सी

Published : Monday, 2024 April 22, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया