वर्षमानले पुस्कारलाई फालेर मरासिनीलाई ल्याए

काठमाडौं । अर्थ मन्त्रालय छिरेको दुई महिनाभित्रै अर्थमन्त्री वर्षमान पुनले अर्थसचिव परिवर्तन गरेका छन् ।

सोमबार मन्त्रालयमा मन्त्री पुनले सरुवा भएका अर्थसचिव कृष्णहरि पुस्कर कर्णलाई बिदाइ गरेका छन् । नयाँ अर्थसचिवका रुपमा पुनले मधु मरासिनीलाई ल्याएका छन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मरासिनी यसअघि पनि अर्थसचिव थिए ।

कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । असलनियतका साथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उनको प्रतिबद्धता थियो ।

नयाँ बजेट ल्याउने तयारी भइरहेका बेला मन्त्री पुनले अर्थसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लगेर थन्काएका छन् ।

Published : Monday, 2024 April 22, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया