नेटफिल्क्समा सौराहामा हिँडेको गैंडाको डकुमेन्ट्री

काठमाडौं । नेटफिल्क्सले चितवनको सौराहास्थित व्यस्त सडकमा एकसिंगे गैंडा हिंडेको डकुमेन्ट्री रिलिज गरेको छ ।

सौराहामा गैंडा हिँडेको चितवनको दृश्य अब सडकमा मात्र सीमित रहेन । नेटफिल्क्सले समेत राखेको छ ।

नेटफिल्क्सले यसमाथि डकुमेन्ट्री ‘आवर लिभिङ वर्ल्ड’ नै बनाएको छ । केही समयअघि नेटफिल्क्सको टोलीले सौराहा पुगेर गैंडा हिंडेको दृश्य, वरपरको आसपासको बस्ती र आरक्ष क्षेत्रको छायांकन गरेको छ । डकुमेन्ट्रीको भ्वाइस–एक्टरमा अस्कर अवार्ड विजेता हलिउड अभिनेतृ केट ब्लान्चेट छिन् ।

उनको न्यारेसनमा डकुमेन्ट्री तयार भएको छ । द गार्जियनले यो शोमाथि समीक्षा गर्दै केट ब्यालेन्चटको प्रकृतिबारेको शो आशाको दुर्लभ किरण भएको उल्लेख गरेको छ । यो डकुमेन्ट्री सिरिज अहिले नेटफिल्क्समा रिलिज भैसकेको छ ।

Published : Monday, 2024 April 22, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया