रेखादेवीको हत्यापछि शव टुक्राटुक्रा बनाए

शहीदनगर । धनुषा जिल्लामा ५० वर्षीया रेखादेवी ठाकुरको हत्या अभियोगमा पतिसहितका २ जनालाई पक्राउ गरेको छ ।

शहीदनगर नगरपालिका–७ नेमुवाटोल बस्ने रेखादेवीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् ५५ वर्षीय सुदीप ठाकुर र सुदीपकै दाइ ६० वर्षीय उदित ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कात्तिक १० गते सुदीपले रेखालाई रिस आवेगमा बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

हत्यापछि सुदीपले आफ्नै घरमा खाल्डो खनी गाडेको र कात्तिक ३० गते राति उदित समेतलाई बोलाई शव निकालेर टुक्रा बनाई स्थानीय कट्टी नदी किनारको झाडीमा फालेका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले सुदीप र उदितलाई पक्राउ गरेको छ ।

Published : Monday, 2024 April 22, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया