इनड्राइभका चालकद्वारा सेवाग्राहीलाई कुटपिट, तामाङ पक्राउ

काठमाडौं । इनड्राइभका चालकलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।

चैत १४ गते दिउँसो काठमाडौंको थापाथलीस्थित कलेज अगाडिबाट इनड्राइभ गरी थापाथलीसम्म आउने क्रममा नर्भिक अस्पताल छेउमा पुगेपछि मोटर साईकल चालकले अर्को बाटो लान खोजेपछि विवाद भएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीलाई खबर गर्छु भनि चाबी निकालेकोमा उक्त चाबी खोसाखोस गर्ने क्रममा दाहिने हातको ३ वटा औला भाँचिएको र इनड्राइभ चालक फरार भएको भनि केशव घिमिरेले प्रहरी बृत्त सिंहदरबारमा निबेदन पेश गरेका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रम्मा वैशाख ५ गते दिउँसो नवलपरासी जिल्लाको भबादी गाउँपालिका वडा नं. २ जुगेलपानी घर भई हाल काठमाडौंको टोखा बस्ने वर्ष २६ को जोन तामाङ्गलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 April 18, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया