महिलालाई करणी गर्ने ५७ वर्षीय साहिल अहमद मनिहार गिरफ्तार

गलरिया । बर्दिया जिल्लामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५७ वर्षीय साहिल अहमद मनिहारलाई पक्राउ गरेको छ ।

गुलरीया नगरपालिका–६ शान्तिटोल बस्ने मनिहारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

साहिलले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको अभियोग पीडित पक्षले लगाएका छन् । उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

Published : Friday, 2024 April 5, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया