किशोरीलाई वेश्यावृत्तिमा लगाउने उदयपुरका नवीन काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मावन बेचबिखन अनुसन्धान व्यूरोले किशोरीलाई वेश्यावृत्तिमा लगाउने कार्य गरेको अभियोगमा २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको छ ।

व्यूरोको टोलीले मगरलाई काठमाडौंमा आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक ओमबहादुर रानाले बताए ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ६ स्थायी घर भइ काठमाडौंको बालाजु बस्दै आएका मगरलाई १३ वर्षीया किशोरीलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मगरले किशोरीलाई डर, त्रासमा पारी आफूले सञ्चालन गरेको लाफा खाजाघरमा वेश्यावृत्ति गराएको व्यूरोले जनाएको छ ।

मगरलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ ।

Published : Monday, 2024 April 1, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया