के मुद्दामा भयो दावा र बच्चुलाई ९० वर्ष कैद सजाय ? ९ लाख जरिवाना

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले मानव बेच बिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष ३८ का बच्च बिक सुनार छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ४ निवासी हुन् । बच्चुलाई ३० वर्ष कैद र ३ लाख रुपियाँ जरिवाना भएको छ । बच्चुलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ कपनबाट चैत ५ गते पक्राउ गरेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्का ४७ वर्षीय दावा तामाङ भन्ने दावा लामा पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भएका व्यक्ति हुन् ।

मानव वेचविखन तथा ओसार पसारको ३÷३ थान मुद्दामा ६० वर्ष कैद र ६ लाख जरिवाना भएको छ ।

दावा तामाङलाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ टीकाथलीबाट चैत ५ गते पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०६४ माघ ५ गते बच्चु बिक सुनार समेतका व्यक्तिहरूले तीन जना युवतीहरूलाई आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाई लेवनान पठाइदिन्छु भनी प्रलोभनमा पारेका थिए ।

बच्चु र दावाले सिन्धुपाल्चोकबाट काठमाडौं र वीरगञ्ज हुँदै भारतको शहीदनगर भन्ने स्थानमा पु¥याई एक–एक लाखमा बिक्री गरी जबरजस्ती वेश्यावृत्तीमा संलग्न गराएका थिए ।

मानव वेचविखन तथा ओसारपसारका तीन वटा मुद्दाहरूमा सिन्धुपाल्चोक जिल्ला अदालतको एउटै मिति २०७८ फागन १ गतेको फैसलाले प्रतिवादी दावा तामाङ भन्ने दावा लामा र प्रतिवादी बच्चु बिक सुनारलाई सजाय हुने ठहर भएको थियो ।

सजाय वेरुजू भइ फरार उनीहरू काठमाडौंमा लुकीछिपी बसेका थिए । दुवै जनालई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

Published : Monday, 2024 April 1, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया