नेपालमा बसेर ठगी धन्दा चलाउने चिनियाँ नागरिकहरूको ठूलो गिरोह पक्राउ

वीरगञ्ज । अनलाइनमार्फत ठगी गर्ने तीन जना चाइनिज नागरिकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

अनलाइन सपिङ, अनलाइन लटरी जस्ता विभिन्न प्रकारको प्रलोभन देखाइ नेपाली तथा विदेशीहरूबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको पर्सा प्रहरीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउपर्नेमा ३३ वर्षीय चिनियाँ नागरिक लुइ गुइ चाइ, २६ वर्षीय वाङ बोहन र ३६ वर्षीय जियाङ जिआवो रहेका छन् ।

उनीहरूलाई प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

चैत १७ गते दिउँसो ३ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१५ बस्ने नन्दु पटेलको घरमा प्रहरीले छापामारेर चिनियाँ नागरिकहरूलाई पक्राउ गरिएको हो । पटेलको घरलाई भाडामा लिएर चिनियाँ नागरिकहरूले ठगी लगायतका धन्दा चलाउँदै आएका थिए ।

प्रहरीले चिनियाँ नागरिकहरूसँग विधुतिय उपकरणहरू कम्प्युटर डेक्सटप, ल्यापटप, मोबाईल फोनहरू लगायतका सामानहरू बरामद गरेको छ ।

नेपालमा चिनियाँ नागरिकहरूले ठगी गर्ने धन्दा चलाउँदै आएका छन् । चिनियाँ गिरोहको हर्कतबाट नेपाल प्रहरी आजित बनेको छ । अध्यागमन विभागले कानून विपरितका गतिविधि गर्दै आएका चिनियाँ नागरिकहरूलाई देश निकाला पनि गर्दै आएको छ ।

000

Online मार्फत ठगी गर्ने गिरोह पक्राउ


Online Lottery, Online Shopping जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह यस जिल्लामा समेत सक्रिय रहेको भन्ने सूचनाको आधारमा यस कार्यालयको Intelligence Team बाट त्यस्ता गतिविधी सुक्ष्मरूपमा निगरानी गर्ने क्रममा मिति २०८०।१२।१७ गते अं.१५:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ बस्ने नन्दु पटेलको घरमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निम्नमा उल्लेखित परिमाणको विधुतिय उपकरणहरू कम्प्युटर डेक्सटप, ल्यापटप, मोबाईल फोनहरू लगायतका सामानहरू बरामद गरी सो कार्यमा संलग्न निम्न चिनिया नागरिकहरूलाई विभिन्न स्थानहरूबाट पक्राउ गरी यस कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको ।
बरामदी दशीका सामानहरूः-
१. कम्प्युटर डेक्सटप CPU- १२०
२. मनिटर-११८ थान,
३. पासपोर्ट थान-३,
४. मोबाईल-३५ थान,
५. भारतीय Geo Sim card-१३ थान,
६. ल्यापटप- ४ थान,
७. प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका ATM CARD-३ थान
८. Keyboard-२६ थान
९. Internet Switch-५ थान,
१०. WiFi Router-२ थान
११. Mini Inverter-२ थान,
१२. BR01CX 5792 नम्बरको I20 गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मो.सा.१ थान समेत ।
१३. बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट,नेपाली ५०० दरका नोट ८६ पिस गरी रू.४३,०००।– ( त्रिचालीस हजार, कम्बोडियन -३५००)
पक्राउ परेका व्यक्तिहरूको विवरणः-
१. नामथरः- LIU GUI CAI
उमेरः-३३ वर्ष
ठेगानाः-HUNAN CHINA
पक्राउ स्थानः-जि.पर्सा वी.म.न.पा.वडा नं.१५
२.नामथरः- WANG BOHAN
उमेरः-२६ वर्ष
ठेगानाः- HUBEI CHINA
पक्राउ स्थानः- जि.पर्सा वी.म.न.पा.वडा नं.१५
३.नामथरः- XIANG XIAO
उमेरः-३६ वर्ष
ठेगानाः-HUBEI CHINA
पक्राउ स्थानः- जि.पर्सा वी.म.न.पा.वडा नं.६

Published : Sunday, 2024 March 31, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया