अर्थमन्त्री पुनद्वारा सूर्यबहादुर थापालाई सल्लाहकारमा नियुक्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नो प्रमुख आर्थिक सल्लाहाकारमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रध्यापक सूर्यबहादुर थापालाई नियुक्त गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रा.थापालाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको संघारमा रहेका अर्थमन्त्री पुनले नयाँ टिम बनाएका छन् ।

यसअघि विभाग भन्सार विभागमा ढुन्डीराज निरौला र आन्तरिक राजस्व विभागमा शिवलाल तिवारीलाई अर्थमन्त्री पुनले जिम्मेवारी दिएका छन् ।

Published : Sunday, 2024 March 31, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया