करणी गरेको अभियोगमा दाङ र तनहुँबाट दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दाङ र तनहुँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङको मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बिकले ती किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगेर सोमबार जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको हो ।

उता, दाङमा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय गोपाल बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बिकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई घोराही उपमहानगरपालिका–१६ लमडरूवाबाट पक्राउ गरेको छ ।

Published : Saturday, 2024 March 30, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया