सुशीलाको हत्यापछि कोहलपुरबाट अनिल पक्राउ

नेपालगञ्ज । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बाँके जिल्लाबाट एकजनालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती २१ वर्षीया सुशीला सुनारको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित होम पाईप कम्पनीमा काम गरी बस्ने बर्दियाको बाँसगडी नगरपालिका–४ घर भएका २२ वर्षीय अनिल बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

अनिलले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी सुशीलाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले अनिललाई पक्राउ गरेको छ ।

Published : Tuesday, 2024 March 26, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया