ढोलाहिटीमा दुई जनाको हत्या भएको कारण प्रहरीले पत्ता लगायो, धेरै मान्छेहरू पक्राउ

काठमाडौं । धारिलो हतियार प्रहारबाट ललितपुरमा दुई जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिकाको वडा नं. २६ ढोलाहिटी बस्ने सुनसरीको धरान घर भएका २८ वर्षीय रोबस राई र पाँचथर घर भई ललितपुरको खुमलटार बस्ने ३० वर्षीय पूजन राईको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर महानगरपालिका–२६ ढोलाहिटी राजकुलो ओसिस मार्गस्थित साथी–साथीबीच मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले रोबसलाई उपचारको लागि पाटन अस्पताल र पूजनलाई सुमेरू अस्पताल धापाखेल पठाएको थियो । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

प्रहरीले झै–झगडामा शंकास्पद १८ जना पुरूषलाई १ थान चक्कु र ६ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिई हत्याको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2024 March 25, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया