काठमाडौंमा कलेज हिँडेकी युवतीको हत्या

काठमाडौं । सुष्मा लामाको हत्या अभियोगमा प्रहरीले रूपेन्द्र लामालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्ने १८ वर्षीया सुष्माको हत्या गरेको अभियोगमा सोही नगरपालिका–३ तारेभिर बस्ने २१ वर्षीय रूपेन्द्रलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सोही नगरपालिका–३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फागुन २४ गते सुष्माको शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न रूपेन्द्रलाई पक्राउ गरेको जनाएको छ ।

रुपेन्द्रले सुष्मा एक्लै कलेज गइरहेको अवस्थामा बाटो छेकेर प्रेम प्रस्ताव राखेका थिए । सुष्माले प्रेम प्रस्ताव ईन्कार गरेपछि रूपेशले हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

हत्यापछि रुपेन्द्रले सुष्माको मोबाइल र किताब लगेर गएका थिए । फागुन २३ गते गुगलबाट अर्कैको बेहुला बेहुलीको फोटो डाउनलोड गरी रुपेन्द्रले त्यसलाई इडिट गरी सरी सबैलाई म तीन दिनपछि आउँछु भन्दै सुष्माको फेसबुक वालमा पोस्ट गरेका थिए । रुपेन्द्रलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

Published : Sunday, 2024 March 17, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया