नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या

विराटनगर । नोबेल शिक्षण अस्पताल, विराटनगरमा कार्यरत स्टाफ नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको छ ।

शुक्रबार दिउँसाे विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा चन्द्रिकाकुमारीको शव विभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताएका छन् ।

चन्द्रिकाकुमारी डेरा बसेको घरको कोठामा हत्या गरेर शव शौचालयमा फालिएको अवस्थामा भेटिएको दाहालले बताएका छन् । चन्द्रिकाकुमारी दासको घर सिराहाको फुल्काहकट्टीमा पर्छ ।

उनी अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धिरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । चन्द्रिकाकुमारीको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ ।

चन्द्रिकाकुमारीको हत्यामा संलग्नको खोजी भइरहेको डीएसपी दाहालले बताएका छन् । चन्द्रिकाकुमारी को हत्यामा प्रमीको संलग्नता भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

Published : Friday, 2024 March 15, 3:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया