एउटै अभियोगमा धादिङका भविलाल र रुपन्देहीकी बबी पक्राउ

काठमाडौं । प्रहरीले ३४ वर्षीया बबी श्रेष्ठ र ४६ वर्षीय भविलाल थापालाई पक्राउ गरेको छ ।

नेपाली महिलालाई भिजिट भिसामा दुबई पठाएर मानव तस्करी गर्न खोजेको आरोपमा बबी र भविलाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले जनाएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ४ की बबी र रुपन्देहीको कन्चन गाउँपालिका– ३ का भविलाल थापालाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

बबी र भविलालले प्रतिव्यक्ति २ लाख रुपियाँ लिएर दुबई पठाउन लागेको अवस्थामा पक्राउ गरेको उल्लेख छ ।

दुबई पुगेपछि घरेलु कामदारका रुपमा काम पाइने आश्वासन भविलालले दिएका थिए ।

बबीले सेटिङ मिलाउने गरेको बयान भविलालले दिएपछि बबी पनि पक्राउ परेकी हुन् ।

Published : Tuesday, 2024 March 12, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया