कमला बाँधमा बाख्रा चराइरहेकी निर्मलाको हत्या

लहान । सिरहा जिल्लामा आफ्नै श्रीमती ६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा प्रहरीले ६५ वर्षीय रामउदगार साहलाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–६ बसबिट्टा बस्ने रामउदगार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सोही ठाउँ बसबिट्टा कमला बाँधस्थित बाख्रा चराइरहेकी निर्मलालाई रामउदगार साहले हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले रामउदगार साहलाई पक्राउ गरेको थियो ।

Published : Monday, 2024 March 11, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया