सोल्टीतर्फ आउँदै गरेका दुई जना गोलीसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २१ वर्षीय पोसन महरा रामलाई ८ एमएमको चार राउण्ड गोलीसहित पक्राउ गरेको छ ।

बामगती नगरपालिका वडा नं. १० स्थित अस्थायी प्रहरी पोष्ट सोल्टीले विशेष सूचनाको आधारमा चेकिङ गर्ने क्रममा शनिबार पोसनलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए । मलंगवा नगरपालिका वडा नं. १ निवासी कृष्णदेव महरका छोरा हुन् पोसन ।

शंकरपुरबाट सोल्टी नहरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३० डब्लु ५८८३ मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा सोसनको साथमा रहेको गोली बरामद भएको थियो ।

बरामद भएको गोलीका विषयमा अनुसन्धान गर्न प्रहरीले बरहथवाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले बागमती नगरपालिका वडा नं. ८ निवास बिरजु रामको छोरा २४ वर्षीय छोरा रन्जित रामलाई पनि घरबाट नियन्त्रणमा लिएको छ ।

Published : Sunday, 2024 March 10, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया