सिन्धुपाल्चोकका सन्तोषद्वारा भक्तपुरमा पवित्राको हत्या

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती २१ वर्षीया पवित्रा राईको हत्या गरेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोटबाट २५ वर्षीय सन्तोष भुजेललाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

झौखेलको पिपलबोटमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ घर भएका सन्तोष भुजेललाई बिहीबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सन्तोष भुजेलले कुटपिट गर्दा गम्भीर घाइते भएकी पवित्रा राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पवित्रा राईको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सन्तोष भुजेललाई पक्राउ गरेको छ ।

Published : Friday, 2024 March 8, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया