महाशिवरात्रिले सामूहिक भावनालाई अझ विकसित गर्नेछ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रि पर्वको अवसरमा शुभकामना प्रकट गरेका छन् ।
शुक्रबार शुभकामना सन्देश जारी गरेर सभापति देउवाले भने, ‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाजहरू भएको मुलुक हो ।’
‘यसमध्ये हिन्दु धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने महाशिवरात्रि एक महत्वपूर्ण र पवित्र पर्व हो’, सभापति देउवाले भने ।
‘प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ’, उनले भने, ‘हाम्रा यी सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरू हुन् ।’
उनले भने, ‘यी चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् ।’
‘महाशिवरात्रिको यस अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्पmबाट सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरूमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया