रामेछापका थापा पुतलीसडकबाट पक्राउ

काठमाडौं । ठगीको आरोपमा प्रहरीले काठमाडौंबाट २६ वर्षीय गोविन्द थापालाई पक्राउ गरेको छ ।

रामेछापको उमाकुण्ड नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको बालुवाटारमा बस्ने थापालाई वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार थापालाई पुतलीसडकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले पक्राउ गरेको हो ।

थापाले ईन्द्रकुमार खवासलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनेर प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।

आठ लाख रुपियाँ लाग्छ भनेर थापाले पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम रोजगारी लगाइदिने आश्वासन दिएका थिए ।

पोल्याण्डमा मासिक एक लाख रुपियाँ तलब हुन्छ भनेर विश्वास दिलाएको प्रहरीले जनाएको छ ।

थापाले पीडितबाट पटक पटक गरी ३ लाख ७० हजार रुपियाँ रकम लिई सम्पर्क विहीन भएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Published : Wednesday, 2024 March 6, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया