अपराध प्रहरीद्वारा विनितालाई काठमाडौंबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले विनिता गुरुङलाई ठगीको आरोपमा पक्राउ गरेको छ ।

विनिताले भिजिट भिसामा रसिया पठाएर सेनामा भर्ना गर्ने भन्दै ठगी गरेको आरोपमा मंगलबार काठमाडौंबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विनिताले भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि रसिया पटाइदिन्छु भन्दै तीन लाख ४६ हजार नेपाली रुपियाँ र एक हजार अमेरिकी डलर लिएर रसिया पठाएकी थिइन् । भीमबहादुरलाई कागजपत्र नक्कली भनेर रसियाबाट फिर्ता आएका थिए ।

विनिताले भीमबहादुर बुढालाई छ लाख पचास हजार रुपियाँ दिए रसियाको सैनिकमा काम लगाइदिने र महिनाको तीन महिना हुन्छ भनेर प्रलोभन दिएको आरोप छ ।

भीमबहादुरले एसएलसी समेत पास गरेका छैनन् । विनिताले भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाएर एक हजार डलर साटेको देखाई डलर बसपार्कबाट आफै लिएकी थिइन् ।

विनिताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भीमबहादुर बुढालाई रसिया पठाएको प्रहरीले जनाएको छ ।

रसिया पुगेपछि नक्कली कागजात भएको भन्दै भीमबहादुरलाई रसियाको अध्यागमनले एयरपोर्टबाटै नेपाल फिर्ता पठाइदिएको थियो ।

Published : Tuesday, 2024 March 5, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया