सर्लाहीमा करणीमा परेकी नाबालिका गर्भवती, शिशुको मृत्यु, फरार रम्तेल पक्राउ

काठमाडौं । १२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाइ फरार रहेका ३५ वर्षीय टेके सार्की रम्तेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको छ ।

रम्तेलले ११ महिना अगाडि ईश्वरपुर नगरपालिका वडा नं.१० स्थित फुलजोर खोलामा राम्ररी बोल्न नसक्ने नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाई फरार भएका थिए ।

रम्तेलविरुद्ध ०८० वैशाख ७ गते दिनको दिउँसो साढे १ बजे फुलजोर खोलामा नाबालिका राम्ररी बोल्न नसक्ने नावालकलाई जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए ।

नावालिक गर्भवती समेत भई जबरजस्ती करणीबाट बोकेको गर्भबाट २०८० पुस १५ गते शुशिको जन्म समेत भएको थियो ।

पीडितको प्राप्त जाहेरी दरखास्त जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पीडितलाई तत्कालै विशेष शारीरिक जाँचको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । पीडितबाट जन्म भएको नावालक शिशुको डीएनए जाँचको लागि नमूना परीक्षण गरिएको थियो ।

पीडितले जन्म दिएको शिशुको मिति २०८० फागुन १६ गते उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्य भएको एसपी ज्ञवालीले बताए । शिशुको अन्तिम दाहासंस्कार गरिएको छ ।

फरार रहेका अभियुक्त रम्तेललाई पक्राउ गर्न सम्बन्धित वतन तथा बस्न सक्ने सम्भावित स्थानहरुमा व्यापक रुपमा प्रहरी परिचान गरी फागुन १९ गते २ बजे ईश्वरपुर नगरपालिका वडा नं. ८ बाट पक्राउ गरिएको एसपी ज्ञवालीले बताएका छन् ।

रम्तेललाई पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान कार्य भई रहेको छ ।

सर्लाहीका प्रहरी प्रमुख ज्ञवालीका अनुसार अभियुक्त रम्तेलले प्रारम्भिक रुपमा सोधपुछ गर्दा आफूले पीडित नावालिकालाई जबरजस्ती करणी गरेको स्वीकार गरेका छन् ।

Published : Tuesday, 2024 March 5, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया