कैलाशेश्वर सामुदायिक वनभित्र करणी गर्ने आशाराम पक्राउ
धनगढी । जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुरबाट ६० वर्षीय आशाराम चौधरीलाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–१ शक्तिनगर शिविर चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको अभियोग पीडित पक्षले लगाएको छ ।
पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको छ ।
Published : Thursday, 2024 February 29, 7:16 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया