मनकुमारीको हत्या, भीमबहादुर पक्राउ, छोराछोरीको बिचल्ली

घोराही । रोल्पा जिल्लामा २८ वर्षीया मनकुमारी बुढाको हत्या भएको छ ।

हत्या अभियोगमा पर्नेमा माडी गाउँपालिका – १ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढा छन् । मनकुमारी र भीमबहादुर बुढा पति र पत्नी हुन् ।

भीमबहादुरले आफ्नी श्रीमती मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी शुक्रबार दिउँसो ३ बजे भीमबहादुरले घरको आगनमा श्रीमती मनकुमारीको घाँटीमा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घटनास्थलमै मनकुमारीको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताएका छन् ।

भीमबहादुरलाई इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ । उनीहरूका १२ वर्षीय छोरा र ५ वर्षीया छोरी छन् । आमाको हत्या भएपछि छोराछोरीको बिचल्ली भएको छ ।

Published : Saturday, 2024 February 24, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया