बडीगाडका पाण्डप बागबजारबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले ३६ वर्षीय युद्धबहादुर केसी ‘पाण्डप’लाई पक्राउ गरेको छ ।

केसीले बेलायत पठाउने सपना देखाएर ठगेको आरोपमा बाग्लुङ्गको बडीगाड गाउँपालिका–९ घर भएका केसीलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

केसीले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ । केसी काठमाडौं महानगरपालिका–२८ बागबजारमा बस्दै आएका छन् ।

केसीले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि केयर गिभरमा १० लाख ५० हजार रुपियाँ तलब आउने आश्वासन दिएको पीडितहरूले जोहेरीमा उल्लेख छरेका छन् ।

प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि केसी सम्पर्कविहीन भएका थिए । आरोपी केसीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।

Published : Friday, 2024 February 23, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया