गोपीकृष्ण मुभिज् सधैँका लागि बन्द

काठमाडौं । राप्रपाका उपाध्यक्ष उदद्धव पौडेलको गोपीकृष्ण मुभिज् प्रा.लि.चाबहिल, काठमाडौं बन्द भएको छ ।

गोपीकृष्ण मुभिज् विक्रम संवत् २०५२ सालदेखि संचालनमा आएको थियो । विविध कारण गोपीकृष्ण मुभिज् प्रा.लि. २०८० साल फागुन १ गतेदेखि बन्द हुने गोपी कृष्ण मुभिज् प्रा.लि.का प्रबन्ध निर्देशक निरक पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिकमन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै ।’

‘आजसम्म यहाँहरू सबैबाट प्राप्त सहयोग, सदभाव तथा आत्मीयताका लागि आदरणीय दर्शकवृन्द, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरू, सरकारी निकायहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहान्छौं’, प्रबन्ध निर्देशक पौडेलले भनेका छन् ।

गोपीकृष्ण मुभिज् प्रा.लि.का मालिक उद्धव पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका ससुरा हुन् ।

Published : Friday, 2024 February 9, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया