चीनमा सुगुरको मासुको मूल्यमा गिरावट, ७० खर्ब डलर गुमायो

लण्डन । चीनको उपभोक्ता मूल्य अपस्फीतिको दलदलमा थप धकेलिएको छ ।

बिहीबार जारी भएको तथ्याङ्कअनुसार जनवरी महिनामा उपभोक्ता मूल्य सूचक एक वर्षअघिको तुलनामा शून्य दशमलव ८ प्रतिशतले घटेको छ ।

खाद्यान्नको मूल्य विशेष गरी सुँगुरको मासुको भाउमा आएको तीव्र कमीका कारण समग्र सूचकमा दबाब बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनबीएस)ले जनाएको छ ।

सीपीआईमा आएको यो कमी सन् २००९ को सेप्टेम्बरयताकै सबैभन्दा धेरै हो । लगातार चौथो महिना पनि सीपीआई ओरालो लागेको छ ।

चीनको यो तथ्याङ्कले अर्थतन्त्रले सामना गरिरहेको ठूलो चुनौती उजागर गरेको छ ।

चीन सरकारलाई उपभोक्ता र लगानीकर्ताहरूको मनोबल ब्यूँताउन तनावपूर्ण भइरहेको छ । घरजग्गा बजारमा व्यापक मन्दी छ ।

शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । कमजोर निर्यातका कारण अर्थतन्त्र प्रभावित भइरहेको छ ।

हालैका वर्षहरूमा चिनियाँ शेयर बजारबाट ७० खर्ब डलरभन्दा धेरै गुमिसकेको छ । यस्तोमा चौतर्फी रोष बढ्न थालेपछि बुधवार सरकारले शेयर बजारका मुख्य नियामक निकायका मुख्य अधिकारीलाई बर्खास्त गरेको थियो ।

Published : Thursday, 2024 February 8, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया