हेभी, टु र फोर ह्विलरका लागि किर्लोस्कर ब्रान्डको इन्जिन आयल

काठमाडौं । किर्लोस्कर इन्जिन आयल नेपाली बजारमा भित्रिएको छ ।

काठमाडौंमा बुधबार इन्जिन आयल लन्च गरिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले इन्जिन आयल भित्र्याएको छ । किर्लोस्कर आयल इन्जिन्सद्वारा भारतमा उत्पादित किलोस्कर इन्जिन आयल हो ।

किर्लोस्कर आयल इन्जिन्सका रिटेल एन्ड डिस्ट्रिब्युसन हेड सुनिलकुमार साहुले इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए ।

सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिनआयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन आफूहरू प्रतिबद्ध भएको उनले बताएका छन् ।

किर्लोस्कर आयल इन्जिन्सका जोनल म्यानेजर चिन्मय नायक र नेशनल स्पेयर हेड अर्सित रतुरीले ग्राहकमा आत्मविश्वास जागृत गर्न र ढुक्कका साथ बिक्रीपछिको सेवा उपलब्ध गराउन आफूहरू तत्पर रहेको बताएका छन् ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु)का सल्लाहकार माधवप्रसाद पाण्डे र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर कुँवरले गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको बताएका छन् ।

आदिशक्ति ट्रेड लिंकका डाइरेक्टर पुरुषोत्तम पौडेल र बिजनेश हेड खगेन्द्र श्रेष्ठले इन्जिन आयल व्यवसायको लामो अनुभवका आधारमा विश्वकै गुणस्तरीय तथा कहलिएको ब्रान्ड भित्र्याउन पाउँदा खुसी व्यक्त गरेका छन् ।

भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका इन्जिन आयल, गियर आयल, इन्डष्ट्रियल आयल, हाइड्रोलिक आयल, ट्रान्समिसन आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् ।

टु ह्विलर, फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने जनाइएको छ । किर्लोस्करका इन्ट्रा सिरिज, एक्स–होरा आदि बढी लोकप्रिय मोडल हुन् ।

Published : Thursday, 2024 February 8, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया