अभिनेत्री इशाले सम्बन्ध विच्छेद गरिन्

मुम्बई । भारतीय अभिनेत्री इशा देओलले भरत तख्तानीसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।

मंगलबार ईशा र भरतले संयुक्त विज्ञप्ति जारी गर्दै सम्बन्ध विच्छेद गरेको जानकारी दिएका छन् ।

इशा र भरतले विवाहको १२ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । इशा अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी छोरी हुन् ।

उनीहरूले भनेका छन्, ‘हामीले आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौं । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमबाट हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ ।’

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरूको दुई छोरी राध्या र मियारा छन् ।

Published : Thursday, 2024 February 8, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया