अभिनेत्री पाण्डेको सर्भिकल क्यान्सरबाट मृत्यु

मुम्बई । भारतीय मोडल पुनम पाण्डेको सर्भिकल क्यान्सरका कारण मृत्यु भएको छ ।

अभिनेत्री समेत रहेकी ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् । पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनको टिमले आधिकारिक दिएको छ ।

फेब्रुअरी १ तारिखको दिन राति पाण्डेको मृत्यु भएको बताइएको छ । पाण्डेको अन्तिम संस्कारसम्बन्धी विवरणहरू आइसकेका छैनन् ।

पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् ।

पाण्डेले आफ्नो अन्तिम भिडियो २९ जनवरीमा शेयर गरेकी थिइन् ।

Published : Saturday, 2024 February 3, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया