सप्तरीका श्रीकान्त राउत पक्राउ काठमाडौंबाट पक्राउ

काठमाडौं । केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले ४० वर्षीय श्रीकान्त राउतलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रूपियाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरीको शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका राउतलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै १ जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

राउतले विभिन्न राजनीतिक नेतृत्वसंगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वहरुसँग नजिकको सम्बन्ध रहेको भनि सर्व साधारणलाई विभिन्न वहाना बनाई ठगी गर्ने गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2024 January 30, 6:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया