गायिका रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दियो

नेपालगञ्ज । बाँकेमा गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ ।

आइतबार साँझ रिमाल सवार स्कारपियो गाडीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । बा प्र ०३.०१ ख् २११८ को नम्बरको ट्रकले सिक्टा नजिकै ठक्कर दिएको छ ।

गायिका रिमाल नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् ।

गाडीमा सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ । दुर्घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी छिन् ।

Published : Sunday, 2024 January 28, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया