काकाको हत्या गर्ने दुई जनालाई मीनभवन प्रहरीद्वारा १५ वर्षपछि पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकमा बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तहरू १५ वर्षपछि पक्राउ परेका छन् ।

बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेका २ जना अभियुक्त वारदात घटना पश्चात १५ वर्षपछि पक्राउ परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको रोशि गाउँपालिका–३ ठेगाना भएका ४४ वर्षीय टंकबहादुर मगर र सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन् ।

रोशि गाउँपालिका–३ स्थित चमारसिंह मगर भन्ने जनकबहादुर मगरलाई भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले २०६५ असोज २९ गते बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पुस २४ गते पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।

Published : Friday, 2024 January 19, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया