फेसबुकका कारण संखुवासभाका राई प्रहरी थुनामा पुगे

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा संखुवासभाको चिचिला गाउँपालिका–२ स्थाई घर भएका राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक आघात पुर्‍याएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

पीडितको उजुरीको आधारमा साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा राई संलग्न भएको पाइएपछि व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोग संखुवासभाबाट पक्राउ गरेको हो ।

राईउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Wednesday, 2024 January 17, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया